+
+

जोफ्रा आर्चर आईपीएलबाट बाहिर, क्रिस जोर्डनले रिप्लेस गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १२:२२
जोफ्रा आर्चर

२६ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सका इंग्लिस फास्ट बलर जोफ्रा आर्चर भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् ।

फिटनेस र चोटसँग संघर्ष गरिरहेका आर्चरले आईपीएलको बाँकी खेल नखेल्ने मुम्बईले जनाएको छ ।

सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस सिजन आईपीएलमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।

त्यसमा पनि स्टार बलर जसप्रित बुमराह सिजन सुरु हुनुअघि नै चोटका कारण बाहिरिसकेका थिए । त्यसमा अर्का स्टार बलर जोफ्रा आर्चरले पनि थपिएका छन् ।

अहिले आर्चर मुम्बईको टिमम नियमित स्थान बनाउन समेत सकेका थिएनन् ।

आर्चरले घर फर्केर आफ्नो फिटनेस र रिह्याबिलिटेसनमा केन्द्रित हुने मुम्बईले जनाएको छ ।

आर्चरले यस सिजन ५ खेल खेल्दा जम्मा २ विकेट मात्र लिएका थिए । मुम्बईले आर्चरको स्थानमा इंगल्याण्डकै अर्का फास्टर बलर क्रिस जोर्डनलाई भित्र्याएको छ । जोर्डन केही समयअघि नै मुम्बईको टिममा समावेश थिए ।

तर टिममा विदेशी खेलाडीको कोटामा ८ खेलाडी नै रहेकोले जोर्डनले खेल्न पाएका थिएनन् ।

जोर्डन यस आईपीएलको अक्सनमा अनसोल्ड थिए । तर अब मुम्बईले उनलाई बेस प्राइज २ करोड भारुमा अनुबन्ध गरेको छ ।

मंगलबार मुम्बईले रोएल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ र त्यसमा जोर्डनले खेल्न सक्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?