+
+

‘संसद मजाक गर्ने थलो हुन थाल्यो’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १२:३६

२६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधिसभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई मर्यादित बनाउनु सबै सांसदको कर्तव्य, दायित्व र जिम्मेवारीको विषय भएको बताइन् ।
‘तर हाम्रा प्रस्तुति र गतिविधिहरु त्यति वाञ्छनीय देखिँदैनन् । सदन सिंगो मुलुकको भविष्य निर्माण गर्ने ठाउँ हो तर, यसलाई केही माननीयहरुले मजाक गर्ने थलोको रुपमा दुरुपयोग गर्नुभएको छ’, उनले भनेकी छन् ।

सांसद राईले संसदलाई मजाक गर्ने थलो बनाउने प्रयत्नका उदाहरण पनि दिएकी छन् । ‘कोही माननीय मौन धारणा गर्ने, कोही माननीय सदनमा नांगिएर परेड खेल्ने यी गतिविधिहरुप्रति खेद प्रकट गर्न चाहन्छु’, सांसद राईले भनेकी छन् ।

सदनमा आफ्नो कुरा राख्ने र विरोध गर्ने तरिकालाई मर्यादित बनाउन आवश्यक रहेको उनको भनाइ छ । सदनलाई मर्यादित नबनाउँदा आम नागरिक, सरकार, सदन र मुख्य रुपमा स्वयं सांसद अमर्यादित हुने कुराको हेक्का राख्नुपर्ने उनको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?