+
+

दयाहाङ र मिरुनासँगै हर्क साम्पाङले हेरे ‘जारी’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १३:४९

काठमाडौं । यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’लाई धरानका मेयर हर्क साम्पाङले हल नै रिभर्ज गरेर हेरेका छन् । उनीसँगै फिल्म हेर्न दयाहाङ राई र मिरुना मगर पनि धरान पुगेका थिए । सोमबार बेलुका स्थानीय फ्रेन्ड्स सिनेमा हलमा मेयर र कलाकारसहितको टोलीले फिल्म हेरेको थियो ।

‘मेयर साबले हल नै रिजर्भ गरेर फिल्म हेर्नुभयो । राम्रो प्रतिक्रिया दिनुभएको छ,’ निर्माता रामबाबु गुरुङले अनलाइनखबरसँग भने । जारीका अन्य कलाकारहरु प्रेम सुब्बा, रेखा लिम्बू पनि उक्त विशेष शोमा उपस्थित रहे । साम्पाङले सञ्चालन गरिरहेको कोकाहा खानेपानी आयोजनाले विशेष शोको आयोजना गरेको थियो ।

फिल्म हेरेपछि मेयर साम्पाङले फिल्म उत्कृष्ट बनेको बताउँदै लेखेका छन्, ‘जारी फिल्म सबैले हेर्नुहोला । साह्रै राम्रो लाग्यो ।’ विशेष शोअघि उक्त फिल्म हलमा ‘मिट एण्ड ग्रिट’को समेत आयोजना गरिएको थियो, जहाँ कलाकारदेखि मेयरसम्मले फिल्मबारे मिडियासँग कुराकानी गरे ।

फिल्मको बेलायत प्रिमियरपछि दयाहाङ र मिरुना धरान पुगेका हुन् । धरान भ्रमणपछि दयाहाङ घरायसी कामका लागि भोजपुर लागेका छन् भने मिरुना मंगलबार काठमाडौं फर्किने तयारीमा छिन् । चलचित्र विकास बोर्डका अनुसार उपेन्द्र सुब्बा निर्देशित जारीले तेस्रो सातासम्म १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

दयाहाङ र मिरुनाको अर्को फिल्म ‘नांगो गाउँ’ भदौ २९ गते प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?