+
+

राष्ट्र बैंकले ब्याजदर घटाउनेमा अर्थमन्त्री विश्वस्त

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:४५

२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा अर्थमन्त्री डा. प्रकाशशरण महत विश्वस्त देखिएका छन् ।

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको मंगलबार जवाफ दिंदै अर्थमन्त्री महतले सरकारले बजेटमार्फत अनावश्यक खर्च घटाउने, नचाहिने संरचनाहरु हटाउने र पूँजीगत खर्च बढाउने भन्दै राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको दोहोर्‍याए ।

ब्याजदर घटाएर वित्तीय लागत कम गर्ने र सरकारी खर्च बढाएर अर्थतन्त्र चलायमान गराउने सरकारको योजना रहेको डा. महतले सुनाए । ‘व्यापार व्यवसायमा ब्याजदर बढेका कारण नाफा भइरहेको छैन, नयाँ ऋण लिन खोज्नेहरु पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र त्यसले ब्याजदर घट्छ ।’

ब्याजदर घटेपछि परियोजना र व्यापार व्यवसायको लागत कम हुने महतको भनाइ छ । त्यसले व्यापार व्यवसाय वृद्धि हुने, रोजगारीको अवसर पनि बढ्ने अर्थमन्त्रीको अपेक्षा छ । महतले ब्याजदर घटाउनासाथ राजस्वको आधार फराकिलो हुने बताए । यसकै आधारबाट आगामी बजेटको लक्ष्य निर्धारण हुने पनि उनले बताए ।

उनले बजेटमा केही घरानालाई पोस्ने काम नहुने बताए । कुनै घराानालाई नाफा र हानी गराउने गरी काम नहुने भन्दै उनले विलसाी सामानको आयात र उपभोग जनताको रोजाइमा छाडिने बताए । ‘के उपयोग गर्ने/नगर्ने आम जनतालाई छोडिदिउँ,’ उनले भने, ‘हामीले अर्थतन्त्रमा समृद्धि सिर्जना गरेर नागरिकलाई त्यसको पहुँचमा पुर्‍याउँदा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?