+
+

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:२७

२६ वैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?