+
+

इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १२:१६

२७ वैशाख, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बुधबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १३ वैशाखदेखि १७ वैशाखसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता सेयर निष्कासन गरेको थियो ।

११ लाख ९९ हजार ९६७ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमबाट न्यूनतम १० कित्ताको दरले १ लाख २६ हजार ८६३ जनालाई १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासनमा ल्याएको थियो । स्थानीयलाई निष्कासन गरेको सेयरमा २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ९३ हजार १६० कित्ता सेयर बिक्री भएको थिएन ।

कम्पनीले सर्वसाधारणको लागि छुट्याएको जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुने १ लाख २० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट यसअघि नै गरिसकेको थियो । यस्तै कम्पनीले २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको थियो ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले ताप्लेजुङमा ९.७ मेगावाटको इङवा खोला साना जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?