+
+

प्रहरीले भन्यो : तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धान गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १४:०४

२७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीबारे तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयकातर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति निकालेर यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कतिपय सञ्चार माध्यम र अनलाइनहरुमा यो मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भएको पनि जनाएको छ ।

तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हँदा मुद्दाको अनुसन्धानमा समेत नकरात्मक असर पर्नसक्ने भन्दै प्रहरीले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?