+
+

पूर्वगृहमन्त्री खाँणलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १८:०५
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२७ वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बुधबार न्यायाधीश उत्तम सिलुवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई आज बुधबार बिहान निवासबाटै पक्रेको थियो ।

वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले उनलाई भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?