+
+

क्‍यानडा पठाइदिन्छु भनी ५० लाख ठगी, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १८:५०

२७ वैशाख, काठमाडौं। क्‍यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकालगाउँ घर भई हाल काठमाडौ महानगरपालिका-१६ नयाँ बजार बस्‍ने ३४ वर्षीय उद्धव नेपाल भन्‍ने सुवर्ण मग्राती रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित बाबुराम सापकोटासहित ४ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा र चेक रिपब्लिकलगायतका देशमा पठाइदिन्छु भनी ५० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?