
२७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । महानगरका अनुसार अनलाइन मार्फत बजेटबारे सुझाव पठाउन सकिने छ । जसका लागि महानगरले बुधबार सामाजिक सञ्जाल मार्फत क्यूआर कोर्ड सार्वजनिक गरेको छ ।
अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन-कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटको कस्तो व्यवस्था गर्नुपर्ला ? लगायत शहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएको महानगरले जनाएको छ ।
शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिने व्यवस्था गरिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण ९ जेठ भित्र पठाइसक्नु पर्ने छ ।
२३ वटा शीर्षकमा सुझाव पठाउन सकिने छ । सुझाव दिने व्यक्तिले कति वटा सुझाव प्राप्त गरे भन्ने विवरण पनि हेर्न सकिने महानगरले जनाएको छ ।
सुझावका शीर्षकहरु :
- सार्वजनिक निर्माण
- शिक्षा
- स्वास्थ्य
- शहरी व्यवस्थापन
- वातावरण व्यवस्थापन
- सम्पदा तथा पर्यटन
- सूचना प्रविधि
- सामाजिक विकास
- सहकारी
- कानुन तथा मानव अधिकार
- कृषि तथा पशुपन्छी
- विपद् व्यवस्थापन
- हनुमान ढोका दरबार संरक्षण कार्यक्रम
- पार्क तथा हरियाली व्यवस्थापन
- वित्तीय सुशासन
- खरिद
- राजस्व
- योजना अनुगमन
- प्रशासन
- सार्वजनिक निजी साझेदारी
- संघ तथा प्रदेश पूर्वाधार विकास योजनाका
- अन्तर्राष्ट्रिय सम्बन्ध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4