+
+

सांसद विकास कोषको मागलाई गम्भीरतापूर्वक लिने अर्थमन्त्रीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १९:०३

२७ वैशाख, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषको मागलाई गम्भीरतापूर्वक लिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘सांसद विकास कोषको कुरा पनि उठाउनुभएको छ । जनताको अपेक्षा त माननीय ज्युहरुबाटै छ । त्यो ठूलो दवावमा यहाँहरु हुनुहुन्छ । यहाँ स्रोतको दवाव छ ।’

तथापि, यस मागलाइ गम्भीरतापूर्वक लिने उनको प्रतिवद्धता छ । उनले भने, ‘यस (सांसद विकास कोष)लाई कसरी कुन मोडलमा सम्बोधन गर्न सकिन्छ, गम्भीरताका साथ म लिन्छु । तर, यसै हुन्छ भनेर विश्वस्त नहुन पनि म माननीय सदस्यहलाई आग्रह गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?