+
+

अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ४ लाख ठगी, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १९:४२

२७ वैशाख,  काठमाडौं। अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधान उपमहानगरपालिका-४ क्याम्पस चोक घर भई हाल काठमाडौं महानगरपालिका-२९ डिल्लीबजारमा बस्‍दै आएका १९ वर्षीय आदित्य कर्ण रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई डिल्लीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

उनले सामाजिक स१जालमा फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम र भाइबरमा पेज बनाई विभिन्न महँगो ब्राण्डका आइफोन तथा मोबाइल सेटहरु विक्रीमा छ भनी पीडितहरुबाट ४ लाख ८५ हजार रुपैयाँ रकम लिएर  अर्डर नदिएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?