+
+

बैंकिङ कसूर मुद्दाका अभियुक्त ठिमीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १७:४९

२८ वैशाख, काठमाडौं ।  प्रहरीले  बैंकिङ कसूर मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ घर भई हाल भक्तपुर-ठिमी ४ बस्‍ने ४६ वर्षीय भावना श्रेष्ठ रहेकी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई  जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

२०७८ साल कार्तिक २२ गते पाटन उच्च अदालतले बैंकिङ कसूर मुद्दामा उनलाई २५ लाख ९० हजार जरिवाना र ५ दिन कैद सजायको पैसला  सुनाएको  थियो ।

तर भावनाका श्रीमान राजु थापाले भने पैसा तिरेर पनि चेक फिर्ता नगरी आफूहरुविरुद्ध बैंकिङ कसूरको मुद्दा हालेको र  उच्च अदालतले  गरेको जरिवानाको फैसला  चित्त नबुझेकाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको बताएका छन् । घरमै बसिरहेको बेला भावनालाई प्रहरीले पक्रेर लगेको उनले अनलाइनखबरलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?