+
+

लामो दूरी चल्ने गाडीको काउन्टर नयाँ बसपार्कमा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते २०:३५

२९ वैशाख,काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने भएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

महानगरपालिका अनुसार यसपछि अब लामो दुरीका बसले नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।

महानगरका अनुसार काठमाडौंमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् । यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता छ ।

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ । महानगरपालिका अनुसार अहिले गौशाला, चावहिल, सुन्धारा लगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।

बसपार्कमा लगाउने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ ।

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौं, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?