+
+

नयाँ फिल्मको तयारीमा दीपक-दीपा, पशुपति पुगेर गरे पूजाआजा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १२:१६

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ फिल्मको तयारीमा छन् । यो नयाँ फिल्म ‘छक्कापञ्जा’ श्रृंखलामा आधारित हुनेछैन, तर नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह हुनेछ । नयाँ फिल्मको प्रि-प्रोडक्सन सुरु गर्नुअघि दीपक-दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा गरेको छ ।

‘आजदेखि छक्कापञ्जा ४ को च्याप्टर क्लोज भयो र हामी नयाँ फिल्मको प्रि-प्रोडक्सनमा जुट्यौं,’ दीपकले अनलाइनखबरसँग भने, ‘स्क्रिप्ट लेखनदेखि अन्य योजनाका काम सुरु भएको छ ।’ निर्माता तथा अभिनेता निर्मल शर्माले पनि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआजा गरेको बताए । दीपाले फिल्मको सफलताको लागि भाकल पूजा गरेकी थिइन्, यही कारण पनि यो समूह पशुपति पुगेको हो ।

दीपक, दीपा, निर्मलसहित राज आचार्य, केदारप्रसाद घिमिरे माग्ने बुढासहितको टोली पशुपति पुगेको हो । दीपाश्रीले सार्वजनिक गरेको उक्त तस्वीरमा फ्यानले नयाँ प्रोजेक्टको तयारीस्वरुप पूजाआजाका लागि पशुपति पुगेको भन्दै कमेन्ट गरेका छन् ।

निर्माता गिरी भदौदेखि नयाँ फिल्मको छायांकन तयारीमा छन् भने यो फिल्मलाई फागुनमा प्रदर्शन गर्ने तयारी छ । ‘अहिले तीनवटा स्क्रिप्टमा हामी काम गरिरहेका छौं,’ दीपकले भने, ‘जसबाट एउटा छनोट गरेर काम अघि बढ्नेछ ।’ नयाँ फिल्ममा पनि छक्कापञ्जाकै अधिकांश कलाकार देखिने उनले जनाए ।

‘नयाँ फिल्मको टाइटल केही दिनमा सार्वजनिक हुन्छ,’ दीपकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?