+
+

वैशाखमा वैदेशिक लगानी प्रतिबद्धता एक अर्ब ६४ करोड 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:३३

१ जेठ, काठमाडौं । वैशाख महिनामा डेढ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागले जारी गरेको विवरणअनुसार एक महिनामा एक अर्ब ६४ करोड रुपैयाँ ८३ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ ।

विभिन्न २८ वटा परियोजनाका लागि सो परिमाणमा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी परियोजना कार्यान्वयनमा आए एक हजार २ सय ७२ जनालाई रोजगारी मिल्ने विभागको भनाइ छ ।

यससँगै चालु आर्थिक वर्षको १० महिनामा उद्योग विभागमा हुने वैदेशिक लगानी प्रतिबद्धताको रकम २९ अर्ब ७४ करोड एक लाख ४३ हजार ७०४ रुपैयाँ पुगेको छ । सो लगानी प्रतिबद्धता २१९ वटा परियोजनाका लागि भएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?