+
+

लुम्बिनीमा धनबहादुर मास्की बने अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १९:०४

१ जेठ, दाङ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन ।

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

सम्भवत: भोलि नै दुई जना मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।

श्रोतका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाइ सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री डिल्ली चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?