+
+

युथ टेबलटेनिसमा नेपाललाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १६:३०

१ जेठ, काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ ।

नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन् ।

भारतको अरुणाञ्चल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो ।

सो स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो ।

श्रीलंकासँग भने नेपाल ३–१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।

अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले युथको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक स्वर्ण जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?