+
+

‘डीएसए स्टार २०२३’ का विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १३:४९

काठमाडौं । परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा आयोजना गरेको ‘डीएसए स्टार २०२३’ सिजन-१० का विजेता घोषित भएका छन् । दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आश्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री-टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भए ।

‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए । ‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फस्ट रनरअप, कृतिका भण्डारी सेकेण्ड रनरअप, श्रेया लामा थर्ड रनरअप, शिवालिका मिश्र फोर्थ रनरअप, अनिशा खड्का फिफ्थ रनरअप र सिम्रन राई सिक्स्थ रनरअप भए ।

विजेतालाई म्युजिक भिडियो र सन् २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराइने भएको छ ।

कार्यक्रममा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैलाउन योगदान दिएको भन्दै गायक धीरज राईलाई सम्मान गरिएको थियो ।

हाउसकी सीईओ सोनिया जीआरले यस्ता कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभालाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?