+
+

कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १८:३४

३१ वैशाख, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् ।

कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ ।

आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।

उक्त रिटमा सुनुवाइ गर्न ९ जेठमा पेशी तोकिएको छ । कांग्रेसले मुद्दा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने अडान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?