+
+

माधव नेपालको निष्कर्ष : तत्काल वाम एकता सम्भव छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १५:३२

३१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरूबीच वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका छन् ।

पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ५७ पेजको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नयाँ पार्टी गठन भएयता नेकपा गरेको प्रयासबाट एकताको सम्भावना नदेखिएको निष्कर्ष निकालेका हुन् ।

सोमबारदेखि सुरू पार्टी पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपालले उल्लेख गरेका छन्, ‘… नेकपा माओवादी केन्द्र र जसपालगायतका पार्टीहरूसँग वार्ता पनि चलाएका थियौँ । यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिस्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन ।’

उनले पार्टी एकता हुनका निम्ति पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता नभइ एकता पार्टी एकता सम्भव नहुने उल्लेख गरेका छन् । तत्काल पार्टी एकता नभइ समाजवादी कार्यदिशा अंगालेका वामपन्थी पार्टीहरूको एउटा मोर्चा बनाएर सहकार्य गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

अहिले माओवादी केन्द्र, जसपा र नेकपाको सहभागितामा बनेको समाजवादी मोर्चालाई राम्रोसँग परिचालन गर्न सकिए समाजवादी क्रान्तिलाई योगदान पुग्ने र त्यसका लागि नेकपा एसले पहल गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?