+
+

साफ च्याम्पियन ड्र : नेपालले समूह चरणमा भारत र कुवेतसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १३:२६

३ जेठ, काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधबार भारतको बंगलोरमा ड्र गरिएको हो ।

जसमा नेपाल समूह ए मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् ।

पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

कुवेतसँग नेपालले पछिल्लो पटक खेल्दै आए पनि जित्न सकेको छैन ।

यस्तै अर्को समूहमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रुपमा सहभागी हुँदैछ ।

साफ सदस्य देशको स्तर बढाउने भन्दै साफले पहिलो पटक दक्षिण एसिया बाहिरका टोलीलाई पनि खेलाउने निर्णय गरेको थियो ।

फिफा निलम्बनमा रहेको श्रीलंका यस पटक साफमा सहभागी हुने छैन । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।

२०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको ठूलो उपलब्धि हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?