+
+

त्रिभुवन विमानस्थलका कवाडी सामानमा १५ दिनभित्र हकदावी नगरे कार्यालयले हटाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १४:०८

३ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ पार्किङ क्षेत्रको पूर्वी भेगमा राखिएका कवाडी सामान १५ दिनभित्र हकदावी गर्न नआए कार्यालय आफैंले हटाउने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै विमानस्थल कार्यालयले यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार सो क्षेत्रमा प्रयोगमा नआउने बेवारिसे सामान राखिएका छन् । यस क्षेत्रमा विमानस्थलले र्‍याम्प बसको पार्किङ स्थल बनाउने तयारी गरेको छ ।

निर्माण कार्य सुरु भएसँगै यी सामान उद्दार तथा अग्नि नियन्त्रण महाशाखाबाट दक्षिण तर्फको फुटबल मैदानमा राखिए पनि अहिलेसम्म सामानमा हकदावी गर्न कोही नआएको कार्यालयको भनाइ छ ।

यी सामान १५ दिनभित्र हकदावी गर्न नआए कार्यालय आफैंले हटाउने र त्यसपछि कुनै पनि हकदावी नलाग्ने कार्यालयको भनाइ छ । यसअघि कार्यालयले विभिन्न वायुसेवा कम्पनीहरुलाई समेत आफ्ना संरचनाहरु हटाएर स्थान खाली गर्न भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?