+
+

भुटानी शरणार्थी प्रकरणमा उप्रधानमन्त्री श्रेष्ठ : कुनै दबावमा सरकार प्रभावित हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १६:०८

३ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

बुधबार एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग राखेर बुझाएको ज्ञापनपत्र बुझ्दै उनले नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नु संगठित अपराध भएको बताए ।

यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने भन्दै उनले भने, ‘राज्यका उच्च तहमा बसेका व्यक्तित्वहरु र तलसम्मको सेट मिलाएर यो काम अघि बढाइएको छ, त्यसैले संगठित अपराध हो ।’

अनुसन्धान अधिकारीले अपराधको प्रकृतिलाई निश्चित गरिसकेपछि प्रक्रिया अघि बढाउने उनले बताए ।

निर्दोष नफसोस्, दोषी उम्किनु हुँदैन भन्ने निर्देशन दिएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘कुनै दबाब वा अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निस्कर्षमा पुर्‍याउन सरकार प्रतिवद्ध छ । दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?