+
+
Shares

जब्दीघाटमा नयाँ पुल बनाउन टेन्डर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १८:३५
फाइल तस्वीर

३ जेठ, काठमाडौं । बर्दियाको जब्दीघाटमा नयाँ पुल बन्ने भएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जब्दीघाटमा नयाँ पुल बनाउने निर्णय भएको बताए ।

उनका अनुसार १० दिनभित्र टेन्डर आह्वान गर्ने गरी तयारी अघि बढेको छ । पुल बनाउन माग गर्दै सांसद सञ्जय गौतम भत्किएकै पुलमुनि अनसनमा बसेपछि सडक विभागका महानिर्देशकको टोली जब्दीघाट पुगेर नयाँ पुल बनाउने आवश्वासन दिएर फर्किएको थियो ।

भत्किएको पुलभन्दा केही मिटर तलमाथि हुने गरी पुल निर्माण गर्ने सडक विभागको योजना छ । ३० साउन २०७४ मा बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाट पुल भत्केको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । तर, उदघाटन हुन नपाई भत्किएको थियो । भत्किएको ६ वर्षपछि सरकारले यो पुल हटाउनुपर्ने ठहर गरेको छ ।

४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाइन लेभल तथा पाइल हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको, फिल्डको नापजाँच हचुवाको भरमा गरेको अख्तियारले ठहर गरेको थियो ।

यसमा ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्स्नका सञ्चालक रहेका तत्कालीन सांसद हरिनारायण रौयिवारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो । निर्माण सामग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको र डिजाइन बमोजिम निर्माण नगरेको कारण लोड थाम्न नसकी पुल भासिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टि भएको अख्तियारको दाबी थियो ।

उक्त पुल निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाइन लेभल तथा पाइल हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा काम गरेकाले उक्त काममा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो पाइएको अख्तियारको दाबी थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?