+
+

एमाले नेतामाथि इलाममा आक्रमण प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते २०:३६

३ जेठ, विराटनगर । कोशी प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि गृह जिल्ला इलाममा आक्रमणको प्रयास भएको छ । बुधबार कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रानामगर माथि कोशी नामकरणको विपक्षमा रहेका समूहले आक्रमणको प्रयास गरेको हो ।

इलामको माङसेबुङ गाउँपालिकाको कार्यक्रममा जाने क्रममा पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेकाहरुले आक्रमणको प्रयास गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातिय संस्था आन्दोलनमा छन् । आन्दोलनरत पक्षले कोशीको पक्षमा मतदान गर्ने सांसदलाई बहिस्कार अभियान सञ्चालन गरिरहेको छ । सोही समूहले माङ्सेबुङ जाने क्रममा घर्ती दोभान भन्ने स्थानमा आक्रमणको प्रयास गरेको हो ।

मगरमाथि आक्रमण प्रयासको घटनाको एमाले कोशी प्रदेश संसदीय दलले भर्त्सना गरेको छ ।

एमालेको कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् । एमालेले दलका उपनेता रानामगरमाथि आक्रमणको प्रयास गर्नेलाई कारवाही गर्न माग गरेको छ ।

भण्डारीले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै उच्छृङ्खल र अराजक व्यक्तिहरुले विना कुनै कारण सांघातिक आक्रमण गर्ने प्रयास गरेको भन्दै आक्रमणकारीलाई कारवाहीको माग गरेका हुन् ।

प्रमुख सचेतक भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ शान्तिपूर्ण र कानून सम्मत ढंगले आफ्ना विचार व्यक्त गर्ने, नागरिकको स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने र सोही अनुसारको व्यवहार प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको घोर उल्लंघन गर्दै कानून हातमा लिने, हिंसात्मक गतिविधि गर्ने जस्ता कार्यबाट समाज र देशलाई उचित ढंगले अगाडि बढाउन सकिंदैन ।’

रानामगर इलाम क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?