+
+

अष्ट्रेलियन विद्यार्थी नेपाल ल्याउन सहजीकरण गर्ने अष्ट्रेलियका सहायक विदेशमन्त्रीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १३:०३

४ जेठ, काठमाडौं। नेपालको तिनदिने भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अष्ट्रेलियाका विद्यार्थी नेपाल ल्याउन सहजीकरण गर्ने प्रतिवद्धता गरेका छन् । वाट्सले काठमाडौं विश्वविद्यालय धुलिखेलको भ्रमणका क्रममा बुधबार भएको एक उच्च तहको अन्तकृयामा विदेशमन्त्री वाट्सले प्रतिवद्धता गरेका हुन् ।

सहायक विदेशमन्त्री वाट्सलाई स्वागत गर्दे विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले अन्तराष्ट्रिय विद्यार्थीलाई नेपाल ल्याउने अभियानका लागि विश्वविद्यालयका फेलोसिप लगायतका नितीहरुबारे जानकारी दिँदै काठमाडौं विश्वविद्यालयले शुरु गरेको अन्तराष्ट्रिय विद्यार्थीलाई नेपाल ल्याउने अभियानमा साथ दिन अनुरोध गरेका थिए ।

थापाले अष्ट्रेलियाका विद्यार्थी नेपाल आउने वातावरण बनाउन तथा सहजीकरण गरिदिन गरेको आग्रहलाई सम्बोधन गर्दै सहायक विदेशमन्त्री वाट्सले सहजीकरण गर्ने प्रतिवद्धता गरेका छन् ।

अन्र्तकृयामा विगत ३ दशकको तथ्यांक अनुसार विश्वविद्यालयबाट दक्षिण एशियाका भारत, श्रीलंका, पाकिस्तान मालदिप्स, बगंलादेश सहित अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसिया लगायत देशहरुका करिव ५ हजार (१३ प्रतिशत) विद्यार्थी दिक्षीत भएको तथ्यांक प्रस्तुत गरिएको थियो।

३३ देशका २५४ अन्तराष्ट्रिय प्राज्ञीक तथा अनुसन्धानमा आधारित संस्थाहरुसंगको सहकार्यमा विश्वविद्यालयले अध्ययन, अध्यापन, अनुसन्धानका गर्नुका साथै सयुक्त रुपमा पढाउने र विभुषीत गरिरहेको छ।

सहायक विदेशमन्त्री वाट्सले नेपाल र अष्ट्रेलियाबीच पनि त्यस्तो खालको सहकार्य गर्नुपर्ने र त्यसको लागि दुवै देशले सहजीकरण गर्नुपर्ने जोड दिए । अध्ययनका लागि नेपालका विद्यार्थीको मुख्य आकर्षण बनेको अष्ट्रेलियाका विदेशमन्त्री वाट्सबाट यस्तो खालको प्रतिवद्धता हुनु अत्यन्तै सकारात्मक भएको उपकुलपति प्रा.डा.भोला थापाले बताए ।

अन्र्तकृयामा विश्वविद्यालयका डिनहरु, अष्ट्रेलियामा अध्ययन गरेका फर्केका प्राध्यापकहरु र अष्ट्रेलियासँगको सहकार्यमा अध्ययन र अनुसन्धान गरिरहेकाहरुको सहभागितामा भएको अन्र्तक्रियामा राजदुत फेलिसिटी भोल्क, विश्वविद्यालयका रजिष्ट्रार प्रा. अच्युत वाग्ले, अन्तराष्ट्रिय सम्वन्ध महाशाखाका निर्देशक डा. उद्धब प्याकुरेल, योजना महाशाखाका निर्देशक विराज थापा लगायतको उपस्थिती थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?