+
+

आत्महत्या गर्न लागेकी किशोरीका बारेमा जब फेसबुक कम्पनीको फोन आयो…

एजेन्सी एजेन्सी
२०८० जेठ ४ गते १३:३२

के सोसल मिडिया प्लाटर्फम फेसबुक, इन्स्टाग्राम तथा यसको मातृ कम्पनी मेटाले आफ्ना प्रयोगकर्तामाथि निगरानी गर्दछ ? यस्तो प्रश्न पहिलेदेखि नै उठ्ने गरेको छ । तर हालै यो विषय पुनः चर्चामा आएको छ । आत्महत्याको प्रयास गरिरहेको बेलाको एउटा भिडियोका कारण पछिल्लोपटक यसको चर्चा भएको हो ।

वास्तवमा भारतको मध्य प्रदेशमा एक किशोरीले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी थिइन् । भिडियोमा उनले आत्महत्या गर्ने तयारी गरिरहेको देखिन्थ्यो । त्यसपछि इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भोपालस्थित साइबर पुलिसलाई यसबारेमा जानकारी गरायो । भोपाल पुलिसले सिंगरौली पुलिससँग सम्पर्क गर्‍यो र त्यसअनुसार प्रहरी तत्कालै उक्त घटनास्थलमा पुग्यो । मेटा कम्पनीको प्राथमिक सूचनाका आधारमा प्रहरी ती युवतीले आत्महत्याको प्रयास गरिरहेको घरमा पुगेर उनलाई बँचाउन सफल भयो ।

यसपछि धेरै मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामलाई कुनै पनि मानिसको आत्महत्याको तयारीका बारेमा कसरी थाहा हुन्छ ? भन्ने प्रश्न पनि उठाएका छन् ।

के फेसबुक, इन्स्टाग्राम आदि सोसल मिडियाका कर्मचारीहरुले एक/एक गरी सबै प्रयोगकर्ताका पोस्टहरुमा निगरानी गरिरहेका हुन्छन् त ? वा यसका पछाडि कुनै प्रविधि प्रयोग गरिएको हुन्छ ?

आखिर हुन्छ के ?

वास्तवमा प्रहरीलाई मेटाबाट फोन आएर प्रहरीले कसैलाई आत्महत्याबाट जोगाएको यो पहिलो घटना भने होइन ।

पछिल्लो घटनामा ती किशोरीले जब आत्महत्याको योजना बनाइन्, तब सुरुमा उनले इन्स्टाग्राममा एक भिडियो अपलोड गरेकी थिइन् । उक्त भिडियोमा उनले पासो तयार गरी आत्महत्याका अन्य तयारी गर्दै गरेको देखिएको थियो । अनि के फेसबुक वा इन्स्टाग्राममा बसेका मानिसहरुले उक्त भिडियो देखे र प्रहरीलाई खबर दिए त ? वास्तवमा यसका दुईथरी सम्भावना हुन्छन् ।

सबैभन्दा पहिले कसैले युवतीको भिडियो देखे र त्यसलाई रिपोर्ट गरेका हुनसक्छन् । जब कुनै सामग्रीलाई सोसल मिडिया प्लाटर्फममा रिपोर्ट गरिन्छ तब मेटाको कम्युनिटी अपरेसन टिमले यस्ता रिपोर्टको समीक्षा गर्दछ । यस्तो अवस्थामा मेटाको टिमले समस्या समाधानका लागि स्थानीय अधिकारी, हेल्पलाइन तथा एनजिओहरुसँग सम्पर्क गर्दछ र विषयको बारेमा जानकारी गराउँदछ ।

आर्टिफिसियल इन्टेलिजेन्स टूल

दोस्रो तरिकाचाहिं एआई टूलको हो । वास्तवमा फेसबुकले सन् २०१८ मै अब यस्तो विषयमा केवल प्रयोगकर्ताले गर्ने रिपोर्टमा मात्र निर्भर नरहेको जनाएको थियो । धेरै यस्ता घटना पनि भएका छन् जहाँ कुनै पनि मानिसलाई आत्महत्याको लक्षण त देखिन्छ तर त्यो रिपोर्ट गरिएको हुँदैन । यस्तो विषयलाई सल्टाउनका लागि फेसबुकले मेसिन लर्निंगको प्रयोग गरिरहेको छ ।

यसमा मेटाको एआई मोडेलले प्रयोगकर्ताका पोस्टमा कुनै शब्द वा शब्दावलीलाई पहिचान गर्दछ । जस्तै कोही प्रयोगकर्ताले आफ्नो पोस्टमा kill, goodbye, sadness, depressed वा die जस्ता शब्दको प्रयोग गर्यो भने एआई टूलले त्यस्तो पोस्ट पत्ता लगाएर कम्युनिटी अपरेसन टिमलाई जानकारी गराउँछ ।

त्यसपछि रिभ्यू टिमले उक्त पोस्ट गर्ने प्रयोगकर्ताका सन्दर्भमा के कदम चाल्ने भन्ने निर्णय गर्दछ । कहिलेकाहीँ यी शव्दको विभिन्न प्रयोजनमा प्रयोग गरिएको हुनसक्छ । यस्तोमा यो टूलले रिपोर्ट गर्दैन । मेटाले केही वर्षअघि नै प्लाटर्फममा शेयर गरिने भिडियोका सन्दर्भमा पनि यस्तै संयन्त्र तयार गरेको थियो । यसमा आर्टिफिसियल इन्टेलिजेन्स टूलले प्रयोगकर्ताको रिपोर्ट वा भिडियोमा गरिएका कमेन्टको सहयोग लिन्छ । यस्तो टूलले केवल अंग्रेजी भाष मात्र नभएर अन्य धेरै भाषाहरु पनि पढ्न सक्छ ।

यसप्रकार एआई टूलको सहयोगबाट प्लाटर्फममा कुनै संदिग्ध घटनाको बारेमा जानकारी हुन्छ । त्यसबाट समीक्षा टीमले कसैले आत्महत्याको कोसिस गरिरहेको, डिप्रेसनमा गएर विभिन्न गतिविधि गरेको वा अन्य खालका संदिग्ध स्थितिका बारेमा एकिन गर्दछ । तत् पश्चात् मेटाको टिमले पुलिस वा अन्य सम्बन्धित अधिकारीलाई यसबारेमा जानकारी गराउँदछ । मेटाले फेसबुक प्रयोगकर्ताको लोकेसन पनि पुलिसलाई उपलब्ध गराउँदछ ता कि पुलिस त्यहाँसम्म पुग्न सकोस् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?