+
+

‘पशुपतिप्रसाद २’को छायांकन सकियो, ४ करोड पुग्यो बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १७:१२

काठमाडौं । अन्ततः दुई महिनापछि ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को छायांकन बिहीबार सकिएको छ । पशुपति क्षेत्रमा अन्तिम दृश्य छायांकन गर्दै फिल्मलाई इन्ड-क्ल्याप गरियो । एक महिनाको छायांकन तालिका रहे पनि दुई महिनासम्म अवधि लम्बिंदा निर्माण खर्च चार करोड पुगेको जनाइएको छ ।

निर्देशक दीपेन्द्र के खनाल र अभिनेता विपिन कार्कीले अन्तिम दिनमा क्ल्याप बोर्ड हातमा लिएर इन्ड-कल्याप भएको घोषणा गरे । ‘भोलिदेखि सम्पादनमा जुट्दैछौं,’ फिल्म प्याकअप भएपछि निर्देशक खनालले भने, ‘निर्माण लागत दोब्बर भए पनि हामीले गुणस्तरमा सम्झौता गरेका छैनौं ।’

निर्माण खर्च, ध्वनि र कलाकारको पारिश्रमिकजस्ता कुराले लागत दोब्बर भएको उनले जनाए । ‘सुटिङ एकदमै राम्रो भयो । लिगेसीलाई थाम्ने गरी फिल्म बनाएका छौं । हामीमाथि जुन दबाब थियो, त्यसको बाबजुद मज्जाले छायांकन सकेका छौं,’ निर्देशक खनालले भने, ‘सात वर्षअघि भन्दा अहिले काममा परिपक्वता देखिएको छ ।’

कथावस्तु पनि यसपटक वृहत रहेको बताउँदै खनालले भने, ‘क्यानभास पनि यसपटक ठूलो छ । कथाको आर्क पनि रोचक छ । गहिराइमा छ । यसले गर्दा मज्जा आएको छ । हामीले यो सबै कुरा पर्दामा महसुस गर्न सक्छौं । यसपटक स्क्रिप्टमा धेरै समय दियौं । लेखनमा सुनिश्चित भएर मात्र छायांकनमा गएका हौं । फिल्मप्रति पूर्ण विश्वास छ ।’

खगेन्द्र लामिछानेको होम प्रोडक्सन टुकी आर्ट्सको ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक समेत रहेका मनोज पण्डित यो फिल्ममा स्क्रिप्ट डाक्टरको रुपमा थिए । फिल्मलाई आगामी दशैं फूलपातीमा नेपालसहित विदेशमा समेत रिलिज गर्ने तयारी छ ।

फिल्ममा विपिनले भष्मे डनको चरित्रमा शीर्ष भूमिका निर्वाह गरेका छन् । फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल र प्रकाश घिमिरेको समेत मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?