+
+

बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १३:४८
तस्वीर सौजन्य : विष्णुकान्त घिमिरे

५ जेठ, काठमाडौं । लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न विभिन्न गाउँपालिकाले सामूहिक प्रयास थालेका छन् । दोर्दी गाउँपालिकाको संयोजनमा बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ ।

सर्किट ट्रेल निर्माणका लागि लमजुङको दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सर्किट ट्रेल निर्माणपछि पर्यटन प्रवर्द्धनका लागि टानले सहयोग गर्ने टानका अध्यक्ष निलहरि बास्तोलाले बताएका छन् ।

ट्रेल समुद्री सतहबाट ३२०० मिटरको उचाइमा रहेको गोरखाको अजिरकोटदेखि यात्रा सुरू भएर दूधपोखरी हुँदै दोर्दी तर्फ अगाडि बढ्छ । यात्रामा करिब ५ हजार उचाइसम्म पुगिने छ । यस पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, बार पोखरी, ठूलागी ताल लगायत प्राकृतिक एवम् सांस्कृतिक क्षेत्र पर्दछन् । ट्रेल पार गर्नका लागि २१ दिन लाग्नेछ । जसमा दोर्दी गाउँपालिकामा मात्रै ९ दिनको रहेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

त्यस्तै ट्रेलको तल्लो रेन्ज अन्तर्गत गोरखाको अजिरकोट भच्चेक हुँदै लमजुङ दुधपोखरीको बिचौर, इलम पोखरी, लिपे लेक, दाम्राङ, कीर्तिपुर, टाप, बारपोखरी, हिले टक्सार हुँदै बेसिशहरको पिस हिल र मर्स्याङदी गाउँपालिकासम्म पुग्न सकिन्छ ।

उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीको संयोजकत्वमा समन्वय समिति समेत निर्माण गरिएको छ । समितिको सदस्यहरूमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।

बुधबारको बैठकले यसबाट लाभ लिन सक्ने भएकाले ट्रेल निर्माणका लागि राइनास र बेंसीशहर गाउँपालिकाबीच पनि साझेदारी र सहकार्य गर्ने निर्णय भएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

गाउँपालिकाका पदाधिकारीहरूबीच आ-आफ्नो ठाउँको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि विभिन्न छलफल समेत भएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?