+
+

उच्चस्तरीय तलब सुविधा आयोगका सुझाव कार्यान्वयन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १८:०३

५ जेठ, काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव आगामी आर्थिक वर्ष २०८०/०८१ बाट कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा यस्तो घोषणा गरेका हुन् । यस आर्थिक वर्षमा उच्च स्तरीय प्रशासन सुधार आयोग समेत गठन हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलका अनुसार अनुसार आयोगले दिने सुझाव कार्यान्वयन हुनेछ । व्यक्तिगत घटना दर्ता वडामा अनलाइनबाटै गरिने उनको भनाइ छ । सामाजिक सुरक्षा भत्ता समेत अनलाइनबाटै वितरण गरिने राष्ट्रपति पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?