+
+

एन्जिला विरुद्ध सरुको उत्कृष्ट गोल, सेथुलाई हराउँदै किकस्टार्ट फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १९:४९

५ जेठ, काठमाडौं । भारतमा भइरहेको इन्डियन वुमन्स लिग आईडब्लूएल फुटबलमा सेथु एफसीलाई २-० ले पराजित गर्दै किकस्टर्ट फाइनलमा पुगेको छ ।

दुवै टिममा नेपाली राष्ट्रिय मिहला फुटबल टिमका खेलाडी समावेश थिए । जसमा सरु लिम्बु र रेनुका नगरकोटे रहेको किकस्टार्टले नेपाली कप्तान एन्जिला तुम्बापो सुब्बा रहेको सेथुमाथि बाजी मार्‍यो ।

खेलमा एन्जिलाले सेथुको कप्तानीमा गरेकी थिइन् । तर उनै एन्जिला विरुद्ध सरुले सानदार गोल गरिन् ।

नेपाली राष्ट्रिय टिमसँगै घरेलु फुटबलमा एपीएफबाट सँगै खेल्ने यी दुई खेलाडी शुक्रबार एकअर्का विरुद्ध खेलेका थिए ।

जहाँ सरुले एन्जिला विरुद्ध ३० यार्ड टाढाबाट गोल गरिन् । किकस्टार्सका लागि सरुसँगै केन्याली खेलाडी किएको एलिजाबेथले पनि एक गोल गरिन् ।

खेलमा सेथुले पनि गोल गर्ने अवसरहरु बनाएको थियो तर सदुपयोग गर्न सकेन ।

समूह चरणदेखि क्वाटरफाइनलसम्म खेलेकी ७ खेलमा ६ क्लिनसिट राखेकी एन्जिलाले सेमिफाइनलमा भने सरुलाई नै रोक्न सकिनन् ।

उनले यसअघि समूह चरणमा लर्ड्स एफए विरुद्ध एक गोल बेहोरेकी थिइन् ।

किकस्टार्ट र सेथु समूह चरणमा खेल्दा गोलरहित बराबरीमा सकिएको थियो । किकस्टार्टले अब उपाधिका साविक विजेता गोकुलम केरला र इस्टर्न स्पोर्टिङ युनियनबीचको विजेतासँग खेल्नेछ ।

नेपाली टिमकी अर्की खेलाडी सावित्रा भण्डारीले गोकुलम केरलाबाट खेल्दै यस सिजन सर्वाधिक २६ गोल गरेकी छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?