+
+

नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते ११:५३
फाइल तस्वीर

काठमाडौं । आगामी जेठ १३ गते मुलुकले नयाँ मिस नेपाल प्राप्त गर्नेछ । गत वर्षकै विजेताले विश्वसुन्दरी प्रतियोगितामा भाग लिने मितिबारे टुंगो नलाग्दाको अन्योलबीच नयाँ मिस नेपाल चुनिन लागेको हो । यो अन्योलको परिदृश्यबीच द हिडन ट्रेजरले मिस नेपाल-२०२२ की विजेता प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाउने निर्णय गरेको छ ।

आगामी साता नयाँ मिस नेपाल आउने भएपछि विश्वसुन्दरी प्रतियोगितामा कसले भाग लिने भन्नेबारे अन्योल सिर्जना भएको थियो । तर, हिडन ट्रेजर प्रियंकालाई नै मिस वर्ल्डमा पठाउने निर्देशक प्रमोद कंसाकारले जानकारी दिए । ‘प्रियंकालाई नै पठाउने हाम्रो तयारी छ । पठाइएन भने अन्याय हुन्छ,’ कंसाकारले अनलाइनखबरसँग भने ।

नयाँ आउने मिस नेपाललाई भने अर्को वर्ष पठाउने तयारी छ । मे महिनामा यूएईको दुबईमा हुने भनिएको मिस वर्ल्डको फिनाले अनिश्चितकालका लागि स्थगित भएपछि मिस नेपालको तालिका नै प्रभावित भएको हो । एक वर्ष ढिलो हुने गरेर अब सम्बन्धित मुलुकले मिस वर्ल्डमा प्रतिनिधित्व गर्नुपर्नेछ । ‘एक वर्ष ढिला भए पनि केही फरक नपर्ला, ब्युटी विथ पर्पसका लागि तयारी गर्न समय पुग्छ,’ कंसाकारले भने ।

कोभिड संकटका कारण प्रभावित भएको मिस वर्ल्डले यसपटक भने विना कारण प्रतियोगिता स्थगन गरेको हो । मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?