+
+

ओलीले भने- संवाद, सहमति र सहकार्यबाट अघि बढौं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १२:५१

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवाद, सहमति र सहकार्यबाट अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै ओलीले भने, ‘संवाद, सहमति र सहकार्यको परिपाटीतर्फ देशलाई फर्काउनुपर्छ । त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु ।’

२३ महिनासम्म संवैधानिक परिषदको बैठक नराखेको भन्दै ओलीले अहिले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नुको दोष प्रमुख प्रतिपक्षी एमालेलाई दिन खोजिएको टिप्पणी गरे ।

‘२३ महिना संवैधानिक परिषद्को बैठक नबोलाउने, एउटा प्रन्यामाथि महाअभियोग लगाएर छोडिदिने, महाअभियोग प्रस्ताव अगाडि बढ्न नदिने । यसरी न्यायोचित र पारदर्शी ढंगले काम हुन सक्छन् ? यस्ता कुराहरु, कमीकमजोरी आफूले गर्ने र दोष अर्काको टाउकोतिर लगाइदिने ?’ ओलीले भने ।

प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको ओलीले बताए ।

न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे ।

नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई सत्ता प्राप्त गर्ने औजारको रुपमा प्रयोग गरिएको भन्दै सरकार र सत्तागठबन्धनको ओलीले आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?