८ जेठ, काठमाडौं। जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको सँगालोको संज्ञा दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले समस्याहरुको पहिचान गरी समाधानका उपायहरुसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताएका हुन् ।
‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरुको, कन्फ्युजनहरुको सँगालो हो ’ उनले भनेका छन्, ‘…यसको उपचार यसरी हुन सक्छ । पोलिसीमा डिपार्चर नगर्ने, भइरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउँछु भनेर गफ दिएर हुन्छ ?’
विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढ्ने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने यादवको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको रिसोर्स नभई हामी अगाडि बढन सक्दैनौं । ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलाव अनुसार अघि बढने चतु¥याई सरकारमा भएन भने हामी कहीँ पुग्दैनौं । ठूला दलहरु नसच्चिए सकिन्छन्’ उनले भने।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4