+
+

भिनिसियसमाथि ला लिगामा पुन रङ्गभेदी दुर्व्यवहार

बीबीसीबाट बीबीसीबाट
२०८० जेठ ८ गते १५:१०

८ जेठ, काठमाडौं । रियल मड्रिडका भिनिसियस जुनियरलाई भ्यालेन्सियामा रङ्गभेदी नारा लागेपछि उनले ‘ला लिगा रङ्गभेदीहरुको हो’ भन्ने टिप्पणी गरेका छन् ।

आइतबार राति भ्यालेन्सियासँगको खेलमा २२ वर्षीय जुनियरलाई ह्युगो डुरोसँगको विवादपछि ९७ औं मिनेटमा रातो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो ।

खेलको सुरुवातमा नै झोक्किएका भिनिसियसले भ्यालेन्सियाका दर्शक र समर्थकहरुमा रेफ्रीको ध्यान केन्द्रित गर्न खोजेका थिए ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘यो च्याम्पियनसिप कुनैबेला रोनाल्डिन्हो, रोनाल्डो क्रिस्टियानो र मेसीको हुनेथियो भने अहिले रङ्गभेदीहरुको बनेको छ ।’

‘यो पहिलो पटक होइन, न त दोस्रो न त तेस्रो नै । ला लिगामा रङ्गभेद सामान्य हो । प्रतियोगिताका आयोजकलाई यो सामान्य लाग्छ, फेडेरेसनलाई पनि र प्रतिपक्षीले यसलाई प्रोत्सान दिन्छन्’, उनले भने ।

‘एउटा राम्रो देश जसले मलाई स्वागत ग¥यो, जसलाई म माया गर्छु तर जसले रङ्गवादलाई प्रोत्साहन गर्छ, त्यसबारे भने म निकै खेद गर्छु । जो यसलाई समर्थन गर्छन् आज पनि ब्राजिल, स्पेन जो रङ्गभेदी देश भनेर चिनिन्छ ।’

‘दुर्भाग्यवस मैले हरेक हप्ता भोग्ने कुराको मसँग कुनै बचाव छैन । म आफू एकदमै बलियो छु यसमा कुनै दुई मत छैन र म यो लडाइँ अन्त्यसम्म पनि लड्छु त्यसको लागि मलाई यो क्षेत्रबाट टाढा नै किन जानु नपरोस् ।’

ला लिगाले भने रंगभेदलाई हटाउने प्रयास गरिरहेको बताएको छ । उसले भनेको छ, ‘वषौंदेखि हामी यस्ता व्यवहारको खण्डन गर्ने गरेका छौं । यसका साथै खेललाई सकरात्मक बनाउने कोसिस गरिरहेका छौं । खेलमा मात्रै होइन बाहिर पनि ।’

रङ्गभेदी नारा लगाउँदै पूरा स्टेडियम

ब्राजिलका फरवार्डमाथि यो पटकको ला लिगा सिजनमा नै पटक पटक रङ्गभेदी दुर्व्यवहार भएको छ ।

दोस्रो हाफमा खेल केहीबेर रोकियो पनि, किनभने रियल मड्रिडका यी खेलाडीले केही आक्रामक प्रतिक्रिया दिएका थिए ।

उनलाई सोही कार्यको लागि मैदानबाट निस्काशन गरिएको हो । दुई सेटका खेलाडीहरु बिच केही बेरको विवादपछि उनलाई मैदानबाट बाहिर निकालिएको हो । ला लिगामा यस्तो कारणले पहिलो पटक कुनै खेलाडीलाई मैदान बाहिर निकालिएको हो ।

रियल मड्रिडका म्यानेजर कार्लो एन्सेलोटीले खेलाडीमाथि दुव्र्यवहार भएपछि खेल बिचमा नै रोकिदिनु पर्ने बताए । ‘जे हामीले देख्यौं, त्यो अस्वीकार्य छ । पूरै स्टेडियमले रङ्भेदी गाली र नारा लगाइरहेको थियो ।’

‘आज म फुटबलको बारेमा कुरा गर्नै चाहन्न, आज फुटबलको बारेमा चर्चा गर्नु नै व्यर्थ छ । मैले रेफ्रीलाई खेल रोक्न भनेको थिएँ’, उनले भने ।

‘ला लिगामा समस्या छ । यस्ता रङ्गभेदी व्यवहारहरु रोक्नुपर्छ । मेरो लागि भिनिसियस विश्वका एक महत्वपूर्ण खेलाडी हुन् । ला लिगामा समस्या छ । यस्ताप्रकारका रङ्भेदी कार्य भएमा खेल रोक्नुपर्छ ।’

‘यहाँ पूरा स्टेडियम रङ्गभेदी नाराले एउटा खेलाडीलाई अपमान गरिरहेको थियो, खेल रोकिनुपर्ने थियो । म यहि भन्छु हामीले ३–० ले जितेका थियौं भने पनि यो तरिका होइन ।’

रङ्गभेदको स्पेनिस फुटबलको समस्या रहेको एन्सेलोटीले भने । जुन प्रकारको व्यवहार भइरहेको थियो, त्यो समयमा भिनिसियसको प्रतिक्रिया समान्य थियो ।

पूर्व मिलान मिलफिल्डरले भने, ‘मैले उनलाई सोधेको थिएँ । के तिमी खेल्न चाहन्छौं ? भनेर, उनले खेल्न चाहेको बताएका थिए ।’

‘भिनिसियस एकदमै दुखी छ । रिसाएको छ । हामी जुन संसारमा बस्छौं, जुन तहमा बस्छौं त्यहाँ यस्तो केही हुँदैन ।’

ला लिगाले यो घटनाको जाँच गर्न पनि भनेको छ भने भ्यालेन्सियाले यो कुराको निन्दा गर्दै वेवसाइटमा स्टाटस लेखेको छ । जसमा, ‘भ्यालेन्सिया फुटबल यस्ता कुनै पनि किसिमका अपमान, हमला वा अयोग्य व्यवहारको सार्वजनिक रुपमा निन्दा गर्छ ।’

‘क्लब खेलमा सम्मान र खेलमा सद्भावनाको मान गर्छ । सार्वजनिक रुपमा स्टेडियममा भएको गाली गलोजमा क्लबको कुनै प्रकारको संलग्नता नरहेको पुष्टि गर्न चाहन्छौं र यो घटनाप्रति निकै खेद प्रकट गर्छ ।’

‘हुन त यो एक फरक प्रकरण हो । प्रतिद्वन्द्वी टिमको कुनै पनि खेलाडीमाथि अपमानको फुटबलमा कुनै स्थान छैन । यस्ता व्यवहार भ्यालेन्सिया फुटबलमा अपाच्य छ र कतै अटाउने छैन ।’

‘क्लबले यस घटनाको जाँच गरिरहेको छ र यसलाई निकै संवेदनात्मक रुपले लिनेछ ।’

ला लिगााले भने यस घृणित घटनामाथि कडाभन्दा कडा कानुनी कारबाही हुने बताएको छ । त्यो दिन स्टेडियममा भएको फुटेज जम्मा गरेर कारबाही गर्ने उसले बताएको छ ।

टिप्पणीमा यो पनि भनिएको छ कि, भिनिसियसले पछिल्लो दुई सिजनमा पनि रङ्गवादी र्दुव्यवहार भएपश्चात दुई रिपोर्ट बनाएर कानुनी अधिकारीलाई बुझाएको समेत खुलाइएको छ ।

इङ्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्डले इन्टाग्राममा एक पोष्ट गर्दै लेखे, ‘भाइ तिमीलाई सुरक्षाको जरुरत छ । तिमीलाई त्यहाँ कसले सुरक्षा गरिरहेको छ ?’

‘हामीले कतिपटक यी युवामाथि यस्तो व्यवहार भएको हेर्न पर्ने हो । म त्यो कष्ट महसुस गर्न सक्छु । मलाई लाग्छ उनलाई ममद्धतको जरुरत छ र उनलाई कुनै पनि कर्मचारीले सहयोग गरिरहेका छैनन् ।’

‘मानिसहरुलाई एकजुट भएर खेल चलाउन सुरक्षाको लागि आधिकारिक व्यक्तिहरुसँग कुरा गर्नुपर्छ ।’

‘कोही पनि यसको हकदार छैन । त्यहि पनि रङ्गभेदी कार्य भइरहेको छ । यसको लासिग एकमुष्ट एकीकृत दृष्टिकोणको जरुरत छ । यो भएन भने फेरि पनि यो कार्य कार्पेटमूनि लुक्नेछ ।’

रियल मड्रिडका गोलरक्षक थिबाउट कर्तुवाले खेलको २० मिनेटपछि केही बाँदरको जस्तो आवाज सुनेको बताए । यदि उनका खेलाडीहरुले खेल्न छोडेको भए उनी पनि भिनियससँगै मैदान छोड्ने थिए ।

‘यदि भिनिसियसले अब खेल्दिन भनेको भए म पनि उनीसँगै पिच छोड्दिने थिएँ । किनभने हामी यो कुरालाई सहन सक्दैनौं’, कर्तुवाले मोविस्टारसँग भने ।

ब्राजिल फुटबल महासंघ (सिबीएफ)का अध्यक्ष एडनाल्डो रोड्रिक्सले पनि यो घटनामा दुखेसो व्यक्त गरे ।

‘हामी यो घटना कति समयसम्म सहने ? २१ औं शताब्दीको मध्यमा पनि हामी यस्ता घटनाको साक्षी भइरहेका छौं । पुन एकपटक ला लिगामा ?’ उनले सामाजिक सञ्जाल इन्टाग्राममा लेखे ।

‘मानवता कहिलेसम्म यसरी एउटा खेलाडी र समर्थकको बिचमा अमानवीय घटना बनेर रहिरहनेछ ?’, उनको प्रश्न छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?