+
+

स्विटजरल्याण्ड पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १६:३९

८ जेठ, काठमाडौं।  स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ  गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्‍दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनले  तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्‍दै  पटक-पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?