+
+

पासाङ दावा शेर्पाले गरे सगरमाथा आरोहणमा कामीरितासँग कीर्तिमान बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १७:१५
तस्वीर सौजन्य : खिमलाल गौतम

८ जेठ, काठमाडौं । विख्यात आरोही पासाङ दावा शेर्पा २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका छन् । पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ ।

कामिरिताले समेत यसै सिजनमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका थिए । पासाङ खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ का स्थानीय हुन् ।

कामीरिताले यसै सिजनमा दोस्रो पटक र समग्रमा २८ औंं पटक सगरमाथाको आरोहण गरी कीर्तिमान राख्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?