+
+

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १७:४५

८जेठ, काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरुलाई संगठित ठगी र राज्य विरुद्धको कसूर मुद्दा चलाउन राय दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।

यो मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ ।

यो प्रकरणमा मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने १ जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको  छैन ।

अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्हसम्म जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेश गर्ने तयारी गरेको छ। सोमबार ८ जना सरकारी वकिलले यो मुद्दामा प्रतिवेदन अध्ययन गरी अभियोगपत्र बनाउन थालेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा पछि नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद तथा कांग्रेस नेता आङटावा शेर्पा, तत्कालिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका छन् ।

अरु भने फरार रहेका छन् । प्रहरीले यो प्रकरणमा बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, टेक गुरुङ, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, रामशरण केसी, केशब तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जनविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।

त्यस्तै अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, सुनिल बुढाथोकी, प्रतिक थापा, शमशेर मिया, गोकुल थापा, रमा थापा, निरञ्जनकुमार भुजेल, आङटावा शेर्पा र टेकनाथ रिजाललाई पनि मुद्दा चलाउन राय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?