+
+

मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:२७
माओवादी केन्द्र संसदीय दलका नेता भरत कुमार साह

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिए ।

मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् । तर उनको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?