+
+

‘पुष्पा २’ मा रणवीर सिंह पनि, पुलिस अफिसरको भूमिकामा देखिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १६:५८
अल्लु अर्जुनसँग रणवीर सिंह

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । यो फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् । रणवीर यसअघि फिल्म ‘सिम्बा’ मा प्रहरीको भूमिकामा देखिएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा रणवीर प्रहरी अधिकृतको भूमिकामा देखिनेछन्, जसले पुष्पराजलाई परिचय गराउनेछन् । यो फिल्ममा रणवीरको भूमिका निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ । यस्तो अवस्थामा दर्शक उनको भूमिकाबारे थाहा पाउन उत्साहित छन् र उत्कृष्ट एक्सन र ट्विस्टको अपेक्षा गरिरहेका छन् ।

फिल्मलाई भव्य तुल्याउन निर्देशक सुकुमारले यसमा धेरै केमियो रोल ल्याउने पनि चर्चा छ । भारतीय फिल्म उद्योगका ठूला कलाकारलाई अतिथि भूमिकामा खेलाउने निर्देशकको तयारी छ । यी सबैबाहेक अभिनेता फहद फासिललाई पनि फिल्मका लागि कास्ट गरिसकिएको छ ।

फिल्मको बारेमा कुरा गर्दै अल्लु अर्जुनले यसै वर्षको मार्चमा ‘पुष्पा २’ को सुटिङ सुरु भएको घोषणा गरेका थिए । यो फिल्मको तेस्रो भाग पनि बन्न सक्ने अनुमान गरिएको छ । यसबारे कुरा गर्दै निर्देशक सुकुमारले भनेका थिए, ‘हामी यो फिल्मको तेस्रो भाग पनि बनाउने सोचमा छौं । हामीसँग स्क्रिप्ट छ र निर्मातालाई मन पर्‍यो भने भने त्यसको तेस्रो भाग पक्कै बनाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?