+
+
Shares
बक्सअफिस :

नेपालमा अहिलेसम्म धेरै कमाउने शीर्ष १० विदेशी फिल्ममा सबै भारतीय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १३:२२

काठमाडौं । नेपालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने विदेशी फिल्मको शीर्ष १० मा सबै भारतीय फिल्मको वर्चस्व देखिएको छ । सूचीमा एउटा पनि हलिउड समावेश छैनन् ।

बक्सअफिसको सर्वकालिन धेरै कमाउने उत्कृष्ट १० को शीर्षस्थानमा भारतीय फिल्म ‘पुष्पा : द रुल- पार्ट २’ छ । यो फिल्मले कुल २६ करोड ४६ लाख २७ हजार ८९७ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ८ लाख ५२ हजार ४८६ जनाले हेरेका छन् ।

दोस्रो स्थानमा ‘केजीएफ : च्याप्टर २’ छ । यसले १९ करोड ८० लाख १४ हजार ९९ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ६ लाख ८७ हजार ९९४ जनाले हेरेका छन् ।

तेस्रोमा एसएस राजामौलीको ‘आरआरआर’ छ । यसले १७ करोड १२ लाख ४२ हजार ६५० रुपैयाँ ग्रस कमाएको छ । यसलाई ६ लाख १ हजार जनाले हेरेका छन् ।

चौंथोमा ‘एनिमल’ छ, जसले १६ करोड ५६ लाख ३८ हजार ७८३ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ५ लाख ५६ हजार ८६४ जनाले हेरेका छन् ।

पाँचौमा शाहरुख खान स्टारर ‘जवान’ छ, जसले १४ करोड ३५ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ४ लाख ७६ हजार जनाले हेरेका छन् ।

छैटौंमा रणवीर सिंह स्टारर ‘धुरन्धर : द रिभेन्ज’ छ । यसले १३ करोड ३९ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ३ लाख ९७ हजार जनाले हेरेका छन् ।

सातौंमा शाहरुखको अर्को फिल्म ‘पठान’ छ, जसले १३ करोड ३३ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ४ लाख ४० हजार जना दर्शकले हेरेका छन् ।

आठौंमा प्रभास र दीपिका पादुकोण स्टारर ‘कल्की २८९८ एडी’ छ जसले १२ करोड ५८ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ३ लाख ६५ हजार जना दर्शकले हेरेका छन् ।

नवौं स्थानमा ‘कान्तारा अ लिजेन्ड : च्याप्टर १’ छ, जसले १२ करोड ३५ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ३ लाख ८३ हजार जना दर्शकले हेरेका छन् ।

दशौं स्थानमा ‘धुरन्धर’ छ, जसले १० करोड ५२ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ३ लाख १९ हजार जना दर्शकले हेरेका छन् । यो तथ्यांकले नेपाली फिल्म बजारमा भारतीय फिल्मकै दबदबा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?