+
+
Shares

पाँच विधामा ‘पुष्पा २’ लाई फिल्मफेयर अवार्ड, अल्लु अर्जुन उत्कृष्ट अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२४ मा रिलिज भएको अल्लु अर्जुनको फिल्म 'पुष्पा २' ले बक्स अफिसमा विश्वव्यापी १८०० करोड भारुभन्दा बढी कमाइ गरेको छ।
  • 'पुष्पा २' ले ७०औँ फिल्मफेयर (साउथ) अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, संगीत एल्बम र प्रोडक्सन डिजाइनका गरी पाँच अवार्ड जितेको छ।
  • रिलिजको पहिलो दिन 'पुष्पा २' ले १६३ करोड भारु कमाएर 'आरआरआर' र 'केजीएफ' लाई पछि पार्दै नयाँ ओपनिङ कलेक्सन रेकर्ड बनाएको छ।

मुम्बई । सन् २०२४ मा अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले रिलिजसँगै बक्स अफिसमा तहल्का मच्चाएको थियो । यसले भारतसहित अन्य मुलुकमा समेत कमाइका धेरै रेकर्ड तोड्यो ।

अहिले यो फिल्मले दक्षिण भारतीय सिनेमा अन्तर्गत ७०औँ ‘फिल्मफेयर अवार्ड’ मा वर्चस्व जमाएको छ । करिब ५०० करोड भारु बजेटमा बनेको यो फिल्मले कति अवार्ड जित्यो भन्ने कुरा हेरौँ ।

तेलुगु भाषाको यसलाई उत्कृष्ट फिल्म अवार्डको प्रदान गरियो । उत्कृष्ट निर्देशकको अवार्ड निर्देशक सुकुमारले जिते । उत्कृष्ट अभिनेताको अवार्ड पनि अल्लु अर्जुनले यही फिल्मका लागि हात पारे । फिल्ममा उनको अभिनय दर्शकलाई निकै मन परेको थियो, र कमाइका तथ्यांकले पनि ‘पुष्पा २’ को रेकर्ड तोड्न सहज नहुने देखाउँछ ।

उत्कृष्ट संगीत एल्बमको अवार्ड पनि ‘पुष्पा २’ का लागि देवीश्री प्रसादले जितेका छन् । उत्कृष्ट प्रोडक्सन डिजाइनको सम्मान सेट डिजाइनर रामकृष्ण र मोनिकाले यही फिल्मका लागि पाएका छन् ।

कुल मिलाएर फिल्मले ५ वटा अवार्ड आफ्नो नाममा पारेको छ । ७०औँ फिल्मफेयर (साउथ) अवार्डमा अन्य कुनै फिल्मले विभिन्न विधामा यति धेरै पुरस्कार जित्न सकेको छैन ।

सन् २०२४ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा शानदार कमाइ गर्‍यो । विश्वव्यापी १८०० करोड भारुभन्दा बढी कलेक्सन गर्‍यो । भारतमा सबै भाषाबाट १४०० करोड भारु कमाइसकेको छ । यसमा हिन्दी बजारको योगदान ठूलो मानिन्छ ।

रिलिजकै पहिलो दिन फिल्मले कमाइको मामिलामा ‘आरआरआर’ र ‘केजीएफ’ लाई समेत पछाडि पारेको थियो ।

ओपनिङ कलेक्सन हेर्दा ‘आरआरआर’ ले करिब १३३ करोड भारु र ‘केजीएफ’ ले ११६ करोड भारु कमाएका थिए । तर ‘पुष्पा २’ ले रिलिजकै पहिलो दिन झन्डै १६३ करोड भारु कलेक्सन गर्दै दुवै फिल्मभन्दा निकै बढी कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?