+
+

संकटामाथि एपीएफको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १८:५५

१० जेठ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवमाथि २–१ को रोमाञ्चक जित निकालेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बुधवार सम्पन्न खेलमा एपीएफलाई जिताउन दुवै गोल आवास लामिछानेले गरे । संकटाका लागि मनिष डाँगीले सात्वना गोल फर्काए ।

खेलको २४ औं मिनेटमा आवासको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा आवासले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

५० औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन ।

यससँगै एपिएफलले संकटासँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो । जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । पराजय व्यहोरेको संकटाको समान खेलबाट २३ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?