+
+

अध्यक्षकै स्वकीय सचिव भए पनि थपक्क बयान दिन जानुपर्छ : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १९:५९

१० जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका व्यक्तिसँग  प्रहरीले बयान लिन सक्ने बताएका छन् ।

बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैले आरोपित गर्छ भने प्रहरीले बोलाएर सोधपुछ गर्न सक्ने बताएका हुन् । प्रहरीले बोलाएपछि जोसुकैले पनि बयान दिन जानुपर्ने उनको भनाइ छ ।

भट्टराईले भनेका छन्, ‘…अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि म नै भएपनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु । किनभने म नागरिक हो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका केशव दुलालले प्रहरीसँगको बयानका क्रममा आफूले ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै भेटेर १ करोड रुपैयाँ दिएको बताएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको केन्द्रीय कमिटी बैठकले नै छानबिनका लागि सहयोग गर्ने निर्णय गरेको भन्दै भट्टराईले कसैले नाम लिएमा आफू पनि बयानमा जाने बताए ।

उनले भने, ‘यदि मेरो नाम कसैले लिएका छन् र त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाईं प्रहरीले बोलाउनुपर्दैन । म आफैं प्रहरीकोमा बयान दिन जान्छु । म त्यो मान्छे हो । र, हाम्रो पार्टी त्यो हो । त्यसमा हामी पछाडि हटदैनौं ।’

सचिव भट्टराईले यो प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम जोडिएको उल्लेख गर्दै छानविनमा सहयोग गर्न आग्रह गरेका छन् ।

‘आईजीपी साबले पनि आएर बयान दिनुपर्छ । म त भन्छु–बसन्त कुँवरजीलाई । यदि तपाईको संलग्नता छैन भने तपाईमाथि उठेका प्रश्न क्लिएर गर्नुस् । त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईले प्रष्ट पार्नुस्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?