+
+

वर्ल्ड तेक्वान्दाे च्याम्पियनसिप खेल्न लागेकी काजललाई २ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते २१:४०

१० जेठ, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकी स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद २ लाख सहयोग प्राप्त भएको छ ।

सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी शराजु लामाले गाउँपालिकाको तर्फबाट बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा आयोजना भएको एक कार्यक्रममा काजल श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सोही अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले काजल श्रेष्ठलाई नगद १५ हजार रुपैयाँ सहयोग गरे । उक्त अवसरमा अध्यक्ष लामाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने मनसायले सो रकम सहयोग गरेको बताए ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै स्थानीय निकायबाट नै स्वयम् जनप्रतिनिधिहरु उपस्थित भई यसप्रकारको सहयोग गर्दा खेलाडीहरुको हौसला अझै उच्च हुने कुरा व्यक्त गर्दै अब गाउँपालिका तथा नगरपालिकाबाट समेत खेल क्षेत्र र खेलाडीहरुको उत्साह र प्रोतसाहनका लागि अनुरोध गरेका थिए ।

सिन्धुपाल्चोकमा जन्मेकी काजलले तेक्वान्दो खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो उत्कृष्ट प्रदर्शन र उपलब्धी हासिल गर्दै आइरहेकी छन् ।

काजलले यही जेठ १५ देखि २१ गतेसम्म अजरवैजानको बाकु शहरमा आयोजना हुने वर्ल्ड तेक्वान्दाे च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । उनीसहित च्याम्पियनसिपमा नेपालकाे तर्फबाट ८ खेलाडीले सहभागिता जनाउन बिहीबार अजरवैजान प्रस्थान गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?