+
+

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस पनि अमेरिकी राष्ट्रपतिको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १६:३९
रोन डिसेन्टिस सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ।

११ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका लागि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

ट्वीटरका मालिक एलन मस्कले सञ्चालन गरेको ट्वीटर स्पेशमार्फत उनले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०१९ देखि फ्लोरिडाको नेतृत्व गरिरहेका उनी आफ्नो दल रिपब्लिकनको विचारधारमा अडिग रहने र छिटो काम गर्ने नेताको रूपमा ख्याति कमाएका छन् । गभर्नर हुनुअघि उनी सन् २०१३ देखि २०१८ सम्म अमेरिकाको तल्लो सदनको सदस्य थिए ।

रिपब्लिकन पार्टीबाटै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अमेरिकी सिनेट सदस्य टिम स्कट र साउथ कारोलिनाका गभर्नर निक्की हलेयले पनि राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेर अभियान सुरु गरिसकेका छन् ।

यस्तो स्थितिमा लामो प्रकृया पूरा गरेर रिपब्लिकनबाट एक जना उम्मेदवार चयन हुने छन् ।

डेमोक्र्याटिक पार्टीबाट वर्तमान राष्ट्रपति ८१ वर्षका जो बाइडेनले पनि राष्ट्रपतिमा दोहोरिन अभियान सञ्चालन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?