+
+

भाग्यश्रीसहितका भारतीय कलाकार काठमाडौं अवार्डमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १७:११

काठमाडौं । भारतीय फिल्म, संगीत र पर्यटनमा आधारित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण नेपालमा आयोजना हुने भएको छ । आयोजक संस्था फर्न इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ २१ गते काठमाडौंको र्‍याडिसन होटलमा अवार्ड गर्ने जनाएको हो ।

आयोजक संस्थाका हरिश बब्बरले पहिलोपटक भारतबाहिर अवार्ड गर्न लागिएको बताए । भविष्यमा अन्य मुलुकमा गर्ने तयारीबारे उनले जानकारी दिए । अवार्डमा नेपाली र भारतीय फिल्म, संगीत, पत्रकारिता, पर्यटन, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरिने जनाइएको छ ।

समारोहमा नेपाली सेलिब्रिटीसँगै भारतीय अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै दर्जन भारतीय कलाकारले प्रस्तुति दिने जनाइएको छ । अवार्ड समारोहले नेपाल  र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई थप सुदृढ तुल्याउने बताए ।

नेपालको सांग्रीला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउने भएको छ । समारोहमा सहभागी हुने भारतीय कलाकारलाई नगरकोट समेत घुमाउने कार्यक्रम रहेको जनाइएको छ । भोयाजका प्रबन्ध निर्देशक दीपक खनालले समारोहले दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गरे । ‘उहाँहरुको समय अभावका कारण नगरकोट भ्रमणपछि पशुपतिनाथ दर्शन गराउने योजना बनाएका छौं,’ प्रबन्ध निर्देशक खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?