+
+

बजेटको मुखमा एमालेले संसदमा गैरजिम्मेवार व्यवहार गर्‍यो : माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १८:४४

१२ जेठ, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैरजिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे एमालेको मागका सम्बन्धमा छलफल भइरहेको बताउँछन् । सकेसम्म संसदलाई सौहार्द बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाइ छ ।

माओवादीका अर्का सांसद माधव सापकोटा बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए । उनी भन्छन्, ‘प्रमुख प्रतिपक्षीले बजेटको अन्तिम मुखमा जे गरिराखेको छ, बजेट निर्माणको मुखमा आएर प्रमुख प्रतिपक्षीले यस्तो गतिविधि गर्नु गैरसंसदीय र गैरजिम्मेवार व्यवहार हो ।’

जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार लगायतका काण्डहरु भएको उल्लेख गर्दै त्यसैमा थपेका थिए, ‘त्यसबेला पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

सत्तारुढ दलको सांसदले नै पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोपित गरेको भनी एमालेले संसद चल्न दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?