+
+

धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १४:३८

१४ जेठ, काठमाडौं । सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानवअधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले पक्रेको हो ।

शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।

मानवअधिकार तथा शान्ति समाजका अनुसार समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रिता अधिकारीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको  हो ।

गिरफ्तार अधिकारकर्मीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सूक्ष्म अध्ययन/अनुसन्धान गरि दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो–कोही हुन कानुनसम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि सुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना प्रदर्शन गरिसकेको समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?